३१ साउन, काठमाडौं । सोमबार र मंगलबार नेपाल बन्द हो भन्ने हल्लाले देशभरको जनजीवन भ्रमित बनेको छ । तर सोमबार र मंगलबार नेपाल बन्द नभएर शैक्षिक हडतालका कारण देशभरका विद्यालय भने बन्द हुने भएका हुन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले साउन ३१ गते सोमबार र ३२ गते मंगलबार शैक्षिक हडतालको घोषणा गरेको हो ।
शैक्षिक हडतालका कारण देशभरका विद्यालयको अध्ययन अध्यापनमा भने असर पर्ने भएको छ । निजी विद्यालयले गरेको शूल्क वृद्धिको विरोध गर्दै शैक्षिक हडताल गरिएको अखिल क्रान्तिकारीले जनाएको छ । हडतालकै कारण राजधानीलगायत देशभरका विद्यालयले दुई दिनसम्म पठनपाठन बन्द गरेका छन् ।












