३० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीपरिषद् विस्तार गर्दै हुनुहुन्छ । प्रचण्डले आफ्नो दलका तर्फबाट सरकारका सहभागी हुने नेताहरुलाई मन्त्रीपरिषद्को सपथ गराउने गरेका छन् । उनले शनिबार राष्ट्रपति विद्या भण्डारीलाई शितल निवासमा भेटेर आइतबार मन्त्रीपरिषद् विस्तार हुने जानकारी गराएका थिए ।
माओवादी केन्द्रबाट म हुनेमा जनाद्र्धन शर्मा, हितराज पाण्डे, राम कार्की, प्रभु शाह लगायत रहेका छन् । कांग्रेसबाट भने कसकसलाई मन्त्रीमा पठाउने भन्ने विवाद यथावत छ । नेविसंघको विवाद मिलाउन नसक्दा प्रचण्डले आफ्नो दलका नेताहरुलाई मात्र आइतबार मन्त्री बनाउन लागेको माओवादी स्रोतले जानकारी दिएको छ ।











