३० साउन, काठमाडौं । रियो ओलम्पिकमा अमेरिकाले २१ स्वर्ण जितेर आफ्नो अग्रता कायम राखेको छ । आज सातौं दिनको खेल चलिरहँदा अमेरिका २१ स्वर्ण पदकसहित शीर्ष स्थानमा रहेको छ ।
१३ स्वर्ण पदक जितेको चीन दोस्रो स्थानमा छ भने ९ स्वर्ण पदक जितेको बेलायत तेस्रो स्थानमा छ । ८ वटा स्वर्ण पदक बटुलेको जर्मनी चौथो स्थानमा आँउदा ७ स्वर्ण पदक जितेको जापान पाँचौं स्थानमा रहेको छ ।
रुस, अष्ट्रेलिया र दक्षिण कोरीयाले ६र६ वटा स्वर्ण पदक जितेका छन् । यसैगरी फ्रान्स, ईटाली र हंगेरीले ५र५ वटा स्वर्ण पदक जितेका छन् ।
हालसम्म ४१ राष्ट्रले स्वर्ण पदक जित्दा ६४ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् ।












