यो सुन्दर तस्वीरले नेपालको सम्पूर्ण चित्र बोल्दछ । नेपालदेशभित्रको नेपालथोक भन्ने स्थानको यो तस्वीर हो । झरी र वर्षातको मौसमका रुपमा चिनिने साउन महिनामा खुलेको निलो आकाश र त्यही निलो आकाशमा देखिएको वादलको स्पर्श यो तस्वीरमा अत्यन्तै सुन्दररुपले अंकित गरेका छन् नेपालदेशडटकम ( nepaldesh.com ) का फोटोग्राफर कृष्णराज पाण्डेले । अनि, साउनमा देखिने जमिनको हरियालीले यो तस्वीरलाई सुनमा सुगन्ध थपेको छ ।












