२२ साउन, काठमाडौं । राप्रपा नेपाल र राप्रपाबीच आज एकता भएको छ । दुवै पार्टीका अध्यक्षले आज संयुक्त हस्ताक्षर गरी पार्टी एकीकरण गरेका हुन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले हस्ताक्षर गरी पार्टी एकता गरिएको जानकारी राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले दिए । पार्टीको एकता घोषणा भने साउन २५ गते राजधानीमा कार्यक्रम गरेर गरिने जानकारी श्रेष्ठले दिए ।
दुवै दलका अध्यक्षले पार्टी एकता भएको भन्दै विज्ञप्ती समेत जारी गरेका छन् । पार्टीको सिद्धान्तबारे भने आगामी महाधिवेशनले टुंगो लगाउने जानकारी श्रेष्ठले दिए ।













