२१ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित सरकारी निवास बालुवाटारमा सरेका छन् । निवर्तमान प्रधानमन्त्री केपी ओलीले विहीबार सरकारी निवास छाडेका थिए । यसअर्थमा एक रात मात्रै वालुवाटार प्रधानमन्त्री विहीन बन्यो ।
शुक्रबार अपराहृन उनी बालुवाटार सरेका हुन् । पत्नी सीता दाहालसहिच बालुवाटार पुगेका उनलाई प्रधानमन्त्री कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मा लगायतले स्वागत गरे ।
सचिव शर्माले बालुवाटारको चाबी प्रधानमन्त्री पत्नी सुीता दाहाललाई बुझाएका थिए । प्रचण्डसँगै उनका छोराबुहारी, नाता नातिना र आफन्त पनि बालुवाटार सरेका छन् ।
बालुवाटार प्रवेशका क्रममा प्रधानमन्त्री प्रचण्डलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
वालुवाटारमा प्रधानमन्त्री प्रचण्डको परिवार र सचिवहरु रहने छन् ।












