२० साउन, हुम्ला । मकालु एयरको विमान बिहीबार दिउँसो हुम्लामा दुर्घटना भएको छ । हुम्ला सदरमुकामा सिमिकोटबाट सुर्खेतका लागि उडेको नाइन एन एएलडी कलसाइनको विमान हुम्लाको सदरमुकाम सिमिकोट नजिकै एक खोला नजिकै दुर्घटना भएको हो ।
पर्यटन मन्त्रालयका सहसचिव घनश्याम शर्माका अनुसार विमानमा पाइलट सांगे लामा र कोपाइलट प्रशान्त शाह मात्रै थिए । उनीहरु घाइते भएका छन् । उनीहरुलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
उड्दाउड्दै जहाज के कारणले खस्यो भन्ने कारण खुल्न सकेको छैन ।












