२० साउन, काठमाडौं । नव निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा प्रचण्डले राष्ट्रपति विद्या भण्डारीसमक्ष सपथ लिएका हुन् ।
उनले देश र जनताको नाममा सपथ ग्रहण गरे ।
सपथ ग्रहण कार्यक्रममा प्रचण्ड सुट र भादगाउँले टोपीमा सहभागी भएका थिए ।
त्यस्तै आजै उपप्रधानमन्त्रीद्वय कृष्णबहादुर महरा र विमलेन्द्र निधिले राष्ट्रपतिसमक्ष सपथ लिएका छन् । मन्त्रीहरु रमेश लेखक, दलजित श्रीपाइली र गौरीशंकर चौधरीले समेत आजै मन्त्री पदको सपथ राष्ट्रपति भवनमा लिएका छन् ।
सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, सभामुख, प्रधानन्यायाधीश, संवैधानिक अंगका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत सहभागी थिए ।












