२० साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनियताको सपथ आज लिदैँछन् ।
अपरान्ह तीन बजे राष्ट्रपति भवन शितल निवासमा प्रचण्डले सपथ ग्रहण लिने कार्यक्रम तय भएको छ । पहिले विहान ११ बजेको समय निर्धारण गरिएको भए पनि समय सारेर ३ बजे पुर्याइएको हो । प्रचण्डसँगै नियुक्त गर्ने मन्त्रीको नाम टुंगो लगाउन समय अपरान्हलाई सारिएको जनाइएको छ । आजै गठन हुने सानो आकारको मन्त्रिपरिषदमा कांग्रेस र माओवादीका केही नेता पर्ने भएका छन् । कांग्रेसबाट विमलेन्द्र निधि र शेखर कोइरालाले आजै मन्त्री पदको सपथ लिने भएका छन् । त्यस्तै माओवादीबाट कृष्णबहादुर महरा र जनाद्र्धन शर्मा प्रभाकरले सपथ लिने स्रोतले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनियताको सपथ खुवाउने छिन् ।
प्रचण्ड बुधबार ३६३ मत ल्याएर नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनको विपक्षमा २१० मत परेको थियो ।












