१९ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित हुनेवित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाइ दिएका छन् । नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाइ दिएका हुन् । टेलिफान वार्ताकै क्रममा मोदीले प्रचण्डलाई भारत भ्रमणको निम्तो समेत दिएका छन् ।
मोदीले प्रचण्डको कार्यकालको सफलताको कामना गरेका छन् ।
९ महिना अघि प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै केपी ओलीलाई पनि भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर बधाइ तथा शुभकामना दिएका थिए । यसकारण प्रचण्डलाई मोदीको टेलिफोन आउनु कुटनीतिक औपचारिकता मात्रै भएको विश्लेषण गरिएको छ ।













