१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । व्यवस्थापिका संसदमा आज भएको मतविभाजनपछि बहुमत सदस्यको मतदानबाट प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
मतदानमा ५७३ सांसद उपस्थित रहेकोमा प्रचण्डको पक्षमा ३६३ र विपक्षमा २१० मत परेको थियो । हाल संसदमा ५९५ सांसद रहेका छन् । जम्मा सांसद सदस्य संख्याको बहुमत प्राप्त गरेकाले सभामुख ओनसरी घर्तीले संविधानको धारा २९८ को उपधार ३ वमोजिम प्रचण्डलाई प्रधानमन्त्री घोषणा गरिन् ।
संसदको अर्को बैठक आगामी सोमबार बस्ने छ ।












