१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्र र त्यस दलका अध्यक्ष प्रचण्ड भारतपरस्त भएको आरोप लगाउँदै उनको विरुद्धमा मतदान गर्ने निर्णय नेपाल मजदुर किसान पार्टीले गरेको छ । पार्टीको आज बसेको बैठकले यस्तो निर्णय गरेको प्रेस विज्ञप्तीमार्फत जानकारी गराइएको छ ।
२०६५ सालमा प्रचण्ड प्रधानमन्त्री रहेकै वेला बाढीको वाहनामा भारतले कोशी व्यारेजमा सैनिक क्याम्प स्थापना गरेको र हालसम्म पनि त्यो यथावत रहेकोले प्रचण्ड राष्ट्रघाती भएको दावी मजदुर किसान पार्टीले गरेको छ । त्यस्तै सिमा स्तम्भ हराउँदा, सिमा मिचिँदा र तिलाठी घटनामा समेत माओवादी केन्द्रले कुनै प्रतिवाद नगरेकोले ऊ भारत परस्त रहेको प्रमाणित भएको विज्ञप्तीमा जनाइएको छ । नयाँ बन्ने सरकारले कुनै राष्ट्रियताको नीति नल्याएकाले पनि उसको विपक्षमा मतदान गर्ने निर्णय गरेको सो दलले जनाएको छ ।












