१९ साउन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज प्रधानमन्त्री नियुक्त हुनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।
नयाँ प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज संसदबाट चयन हुनेभएपछि ओलीले आजै सरकारी निवास बालुवाटार छाड्न तयारी गरिरहेका छन् ।
११ बजे संसद बैठकका लागि वालुवाटारबाट निस्केका ओली फेरि वालुवाटारमा फर्कने छैनन् । संसदमा सहभागी भएपछि ओली आफ्नै निवास बालकोट जाने छन् । संसद बैठकले नै नयाँ प्रधानमन्त्री चयन गर्ने कार्यक्रम रहेको छ ।
एमाले अध्यक्ष समेत रहेका ओली असोज २४ गते माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकको समर्थनमा प्रधानमन्त्री निर्वाचित भएका थिए ।
आफ्नै सहयात्री दल माओवादी केन्द्रसँग दूरि बढेपछि ओली नौ महिनामै प्रधानन्त्री पदबाट हट्ने अवस्था आएको थियो ।












