१७ साउन, काठमाडौं । कांग्रेस माओवादी केन्द्र लगायत साना दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वुधबार विहान प्रधानमन्त्रीमा चयन हुने भएका छन् । गठबन्धनको गणित पहिलेदेखि नै मिलिसकेकोले प्रक्रियाअनुसार वुधबार प्रचण्ड प्रधानमन्त्री बन्ने भएका हुन् । व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्री चयनका लागि बुधबार निर्वाचन हुने कार्यतालिका आज सार्वजनिक भैसकेको छ ।
सहमतीय सरकार गठन गर्न राष्ट्रपति विद्या भण्डारीले दिएको समय यतिकै सकिएपछि बहुमतीय सरकार गठनका लागि भण्डारीले संसदमा रहेका दलहरुलाई आहृवान गरेकी सोमबार आह्वान गरेकी हुन् ।
सोमबार नै बसेको संसदको बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री चुनावका लागि १९ गते विहान ११ बजेको बैठक तोकेकी छन् ।
साथै निर्वाचनका लागि आवश्यक प्रक्रिया सुरु गर्न महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएकी छन् । लगतै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ ।
जस अनुसार प्रधानमन्त्रीका लागि मंगलबार प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । ल्होत्से हलमा विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।
साढे ४ बजे उम्मेदवारको सूची सार्वजनिक गरिनेछ । बुधबारको विहान ११ बजेको बैठकले प्रधानमन्त्री चयन गर्नेछ ।












