१५ साउन, काठमाडौं । गोविन्द केसीको नेतृत्वमा चिकित्सक विद्यार्थी लगायत युवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई पदबाट हटाउनुपर्ने माग गर्दे राजधानीमा प्रर्दशन गरेका छन् ।
डा. केसीको नेतृत्वमा चिकित्सक युवा, विभिन्न क्षेत्रका युवा युवती लगायत सग्लन समुहले आयोगका प्रमुख आयुक्त कार्कीलाई पदच्युत गर्न माग गर्दे सनिबार राजधानीको बानेश्वरमा विरोध प्रर्दशन गरेको हो । आठौं पटकको अनशन चार बुँदे सम्झौता गरी गत सोमबार तोडेका डा. केसीले अख्तियारका प्रमुख आयुक्त कार्कीले पदको दुरुपयोग गरी संत्रास र आतंक फैलाएको भन्दै तत्काल हटाउन माग गरेका छन् । जिम्मेवार निकायका व्यक्ति नै भ्रष्टाचार न्युनीकरण भन्दा पनि अख्तियारीको दुरुपयोग गरी आफै भ्रष्टाचार गर्न तल्लिन भएको र सर्वत्र आतंक फैलाएको उनको आरोप थियो
मुलुकको राजनीति नेतृत्व सवल नभएका कारण त्यसले तानाशाह निम्त्याउने गरेको भन्दै उनले लोकतन्त्रको दुहाई दिने नेताहरुलाई प्रमुख आयुक्तलाई पदच्युत गरी सही अर्थमा लोकतन्त्रवादी भनी चिनाउन आग्रह समेत गरे ।
भ्रष्टाचार विरुद्ध सडक आन्दोलनमा उत्रेका डा.केसीले सनिबार माईतीघर मण्डलादेखि बानेश्वर सम्म पैदलयात्रा गरेका थिए । १६ दिन लामो अनसन तोड्ने समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउने डा केसीको मागमा संसद्मा विषय प्रवेश गरिसकेका कारण कुनै सहमति भएको थिएन । अहिले पनि डा. केसी अख्तियारका प्रमुख आयुक्त कार्की मुलुककै महाभ्रष्ट भएको भन्दै तत्काल हटाउनुपर्ने माग गर्दे सडक संघर्षमा उत्रिएका हुन् । गोविन्द केसीले कार्कीलाई हटाउनुपर्ने माग पत्रकार कनकमणि दीक्षितको योजनामा अघि सारिएको आरोप लाग्दै आएको छ ।
अख्तियारको थुनामा बसेर बाहिर निस्किएका दीक्षितले कार्कीसँग बदला लिने उद्देश्यले डा केसीको काँधमा राखेर बन्दुक पड्काउन खोजेको विश्लेषण भैरहेको छ ।












