१२ साउन, काठमाडौं । देशभर आएको बाढी, पहिरो र डुवानमा परी हालसम्म ३९ जनाको मृत्यु भएको सरकारले जनाएको छ । हालसम्म ३९ जनाको मृत्य भएको र २३ जना बेपत्ता भएको जानकारी प्राप्त भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार बाढी तथा पहिरोका कारण देशका १४ जिल्ला प्रभावित भएका छन् । जसमध्ये मध्यपश्चिम तथा पूर्वका ८ जिल्ला बढी प्रभावित छन् ।

बाढी तथा पहिरोमा परेकाहरुको उद्धार गर्न सरकारले सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरेको सरकारले जनाएको छ । उद्धारसँगै राहत वितरणको काम पनि अगाडी बढाइएको कोइरालाले बताए । मौसमको प्रतिकुलतका कारण उद्धार तथा राहतमा कठिनाइ भैरहेको समेत गृह मन्त्रालयले जनाएको छ ।











