१० साउन, काठमाडौं । तपाईं आज घरबाट बाहिर निस्कँदै हुनहुन्छ ? हुनुहुन्छ भने बन्दको प्रभाव कस्तो छ बुझेर मात्र निस्कनुहोस् ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको आज सोमबारको नेपाल बन्दले विहानैदेखि जनजीवन प्रभावित बनेको छ । बन्दकर्ताको अवरोधका कारण विहानैदेखि लामो तथा छोटो दूरिका सवारी साधान चल्न सकेका छैनन् ।
काठमाडौंका भित्री सडकहरुमा मोटरसाइकल चले पनि सार्वजनिक सवारी साधन भने विहानैदेखि ठप्प छन् । कोटेश्वर, कलंकी रत्नपार्क लगायतका स्थानबाट प्रहरीले दुई दर्जन बन्दकर्तालाई नियन्त्रणमा लिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।












