९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा स्वीकृत भएको छ । राजीनामा स्वीकृत गर्दै राष्ट्रपति विद्या भण्डारीले अर्को सरकार नबन्दासम्म यही मन्त्रिपरिषद्लाई काम गर्ने जिम्मेवारी प्रदान गरेकी हुन् ।
अविश्वासको प्रस्तावमाथि संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले राजीनामाको घोषणा गरेका थिए । त्यसअघि उनले राष्ट्रपतिलाई राजीनामा पत्र बुझाएका थिए ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति बवद्यादेवी भण्डारीले संविधानको धारा २९८ को उपधारा १० बमोजिम प्रधानमन्त्रीको राजीनामा स्वीकृत गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सदस्यहरुले पूरा गरेको जिम्मेवारीका लागि धन्यवाद दिएकी छन् ।












