६ साउन, काठमाडौं । व्यवस्थापिका संसदको आज डाकिएको बैठक बस्दै नबसी भोलि शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रमुख तीन दलबीच सहमति हुन नसकेपछि आजको बैठक स्थगित गरिएको हो । पहिला बजेट विधेयक कि अविश्वास प्रस्तावमाथि छलफल गर्ने विषयमा सत्तारुढ र विपक्षी दलबीच विवाद कायमै रहेपछि बैठक स्थगित गरिएको हो ।
यसैबीच कांग्रेस नेता रामचन्द्र पौडेलले दलहरुबीच प्याकेजमै सहमति खोज्ने प्रयास भइरहेको जानकारी दिएका छन् । सहमतिको प्रयासका लागि भोलिसम्म संसद स्थगित गरिएको पनि उनले बताए ।












