५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो लोकप्रियताबाट कांग्रेस र माओवादी डराएर अविश्वासको प्रस्ताव ल्याएको आरोप लगाएका छन् । आफू नेतृत्वको सरकारले गरेको कामले शेरबहादुर देउवा र प्रचण्ड अत्तालिएर ढाल्नतिर लागेको ओलीले बताए ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को छैटौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बुधबार काठमाडौंमा उद्घाटन गर्दे प्रधानमन्त्री ओलीले आर्थिक विधेयक पारित हुने निर्णायक बिन्दुमा पुगेका बेला उक्त कार्यसूची गायब बनाउने काम भएको टिप्पणी पनि गरे । उनले संसदलाई मर्यादित संस्था बनाउनुपर्नेमा जोड दिँदै ससद मनपरी गर्ने ठाउँ नभएको धारणा राखे । प्रधानमन्त्री ओलीले गायब बनाइएको सो विधेयकको कार्यसूची कहाँ गयो भनेर सभामुखसँग विहीबार संसद्मा आफूहरुले हिसाबकिताव खोज्ने चेतावनी दिए । सभामुखलाई चेतावनी दिंदै ओलीले बलजफ्ती गरेर अघि नबढ्न आग्रह आग्रह समेत गरे ।
उनले नयाँ सरकार बनाउनका लागि संविधानले बाटो देखाइदिनुपर्ने भन्दै राजनीतिलाई तनावतिर नलगी सहजतातिर ल्याउन आग्रह गरे ।












