२ साउन, काठमाडौं । सरकार परिवर्तनको संकेत देखिनेवित्तिकै करोड बुझाएर फेरि मन्त्री बन्ने कसरतमा एक क्रिश्चियन पार्टीका नेता यतिवेला दौडधूपमा लागेका छन् । दलका सांसददेखि पत्रकारलाई सिंगापुर र थाइल्याण्ड घुमाएर प्रभावित पार्दै आएका ढकाल थरका वर्तमान मन्त्री नयाँ सरकारमा सहभागी हुन रकम बोकेर प्रचण्ड र शेरबहादुरकहाँ धाउन थालेका छन् ।
सानै दल भए पनि बाबुराम भट्टराईको नेतृत्वदेखि केपी ओली नेतृत्वसम्म करोडौं रकम बुझाएर मन्त्री पद पड्काएका ती मन्त्री यतिवेला फेरि रकमको लोभ देखाउँदै नयाँ मन्त्री बन्ने दौडमा लागेका हुन् । नयाँ सरकार गठनका समयमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावका पक्षमा मत पुर्याउन र नयाँ सरकार गठन गर्न रकमको समेत आवश्यक पर्ने भएकोले ढकालसँग पहिले नै रकम लिएर पछि मन्त्री बनाउने तयारी प्रचण्डले गरिरहेको माओवादी निकट स्रोतले जानकारी दिएको छ ।
पैसाको झोला बोकेर आउनेदेखि ओली सरकार ढाल्न र नयाँ सरकार बनाउन सहयोग गर्ने साना दलका नेताहरुलाई दिने मन्त्रालयसमेत देउवा र प्रचण्डले छुट्टाइसकेका छन् ।
स्रोतका अनुसार कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय राख्ने सहमति भएको छ । बाँकी मन्त्रालय गठबन्धनमा आउने अन्य दललाई दिने सहमति भएको छ । यसअघि कांग्रेसलाई १२ र माओवादीलाई ८ मन्त्रालय भागवण्डा लगाउने छलफल भएको थियो । राप्रपा लगायत साना दललाई पनि मन्त्रालयको भागवण्डा छुट्टयाइएको छ ।












