१ साउन, काठमाडौं । एमाले अध्यक्ष केपी ओली निकट पार्टी सचिव प्रदीप ज्ञवालीले ओलीले प्रधानमन्त्री बनेको अवधीमा कुनै गल्ती नगरेको दावी गरेका छन् । प्रधानमन्त्री ओलीको प्रशंसा गर्दै ज्ञवालीले सभामुख ओनसरी घर्तीप्रति भने आक्रोश पोखेका छन् ।
प्रेस चौतारी नेपालले शनिबार काठमाडौमा गरेको कार्यक्रममा बोल्दै ज्ञवालीले ओली सरकारलाई हटाएर देशलाई संकटमा धकेल्ने प्रचञ्च भएको तर त्यसलाई एमालेले रोक्ने दावी गरे ।
प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने कुनै सम्भावना नरहेको बताउँदै ज्ञवालीले अविश्वासको प्रस्तावलाई संसदमा नै फेस गर्ने जानकारी दिए ।
सभामुख घर्तीले संसद सञ्चालनमा गरेको कार्यको ज्ञवालीले विरोध गरे । घर्तीले संसद संचालन ठीक ढंगले नगरेको भन्दै उनले आपत्ति जनाए ।












