३१ असार, भक्तपुर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले केपी ओलीको सरकारलाई अविश्वासको प्रस्तावले संवैधानिक जटिलता आएको बताएकी छिन् । रफत सञ्चार क्लबले भक्तपुरले आज गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनतले वर्तमान सरकारलाई हटाउन सक्ने प्रावधान कस्तो छ भन्ने अध्ययन नै नगरी अगाडि बढ्दा समस्या देखिएको बताइन् । केपी शर्मा ओली कस्तो भूमिकामा प्रस्तुत हुन्छन् त्यही आधारमा नयाँ सरकार निर्माणमा भर पर्ने उनको भनाइ थियो ।
आफ्नो दलका सभापतिले केन्द्रिय समितिमा छलफल नै नगरी हरेक विषयमा अगाडि बढ्दा त्यसले नेपाली काँग्रेसलाई नै क्षति पुग्ने पुगिरहेको आरोप उनले लगाइन् ।
मधेश आन्दोलनका जायज मागको सम्बोधन गर्न दुई तिहाई आवश्यक रहेको तर सहमतीय सरकार नबनेसम्म त्यो असम्भव रहने ठोकुवा उनले गरिन् । संविधान पूनर्लेखन असम्भव रहेको उनको भनाइ थियो ।












