३१ असार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता उपभोगका लागि चतुर खेलाडी फोरम लोकतान्तिकका अध्यक्ष विजय गच्छदारलाई नयाँ सरकारमा आकर्षक स्थान दिने आश्वासन दिएका छन् । मधेसको मसिहा ठान्ने तर मधेसमा आन्दोलन चल्दै गर्दा पनि ओली सरकारमा सहभागी भएका गच्छदार नयाँ सरकारमा समेत सहभागी हुने आकांक्षा देखाएका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबीच शुक्रबार भएको भेटवार्तामा अविश्वास प्रस्तावका पक्षमा लाग्न प्रचण्डले गच्छदारलाई आग्रह गरेका थिए । प्रचण्डको प्रस्तावमा गच्छदारले ग्रिन सिग्नल दिएको स्रोतले बताएको छ । यसबारे पार्टीमा छलफल गरी निर्णय गरेर जवाफ दिने आश्वासन गच्छदारले दिएका छन् ।
अविश्वासको प्रस्तावमा सहयोग गरे आगामी सरकारमा गच्छदारलाई कुनकुन मन्त्रालय दिन सकिन्छ भन्ने विषयमा समेत प्रचण्डले जानकारी गराएका थिए ।












