३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव पारित नभएसम्म बजेटसँग सम्बन्धित पुरक विधेयकहरु पास हुन नदिने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । प्रधानमन्त्री केपी ओलीको सरकार अल्पमतमा परिसकेको र अविश्वासको प्रस्ताव पनि संसदमा पेश भइसकेको सन्दर्भमा अविश्वासको प्रस्ताव पास नभएसम्म कुनै पनि विधेयक पारित गर्न नदिने निर्णय गरेको माओवादीले गरेको हो ।
माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेससँग मिलेर संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेको छ । ओलीले भने अविश्वास प्रस्तावको सामना गर्ने बताएका छन् भने संसदीय दलको बैठकबाट समेत यही निर्णय गरेका छन् ।












