३० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा नदिने भएका छन् । पदबाट राजीनामा नदिई अविश्वासको प्रस्तावको सामना गर्ने निर्णय एमालेले गरेको हो । विहीबार बसेको एमाले संसदीय दलको बैठकले कांग्रेस र माओवादीले राखेको अविश्वासको प्रस्तावविरूद्ध संसदमा सामना गर्ने निर्णय गरेको सञ्चार मन्त्री शेरधन राईले जानकारी दिए ।
एमाले गठबन्धनको सहयात्री दल नेकपा माओवादी केन्द्र सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री अल्पमतमा परेका छन् । अल्पमतमा परेपछि राजीनामा दिने या अन्य विकल्प रोज्ने भन्ने छलफल गर्नका लागि ओलीले बैठक राखेका थिए ।
बैठकले माओवादीले चालेको कदम दुर्भाग्यपूर्ण भएको भन्दै देशलाई गम्भीर दुर्घटनामा फसाउन खोजेको आरोपसमेत लगाएको छ ।
बैठकले माओवादीले चालेको कदम दुर्भाग्यपूर्ण भएको भन्दै देशलाई गम्भीर दुर्घटनामा फसाउन खोजेको आरोपसमेत लगाएको छ । संसदीय दलका नेता समेत रहेका एमाले अध्यक्ष ओलीले आजै संसदीय दलको बैठकमा समेत यसबारे छलफल गरेका छन् ।












