२९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिनुको विकल्प नरहेको बताएका छन्। ओलीले तत्कालै पदबाट राजीनामा पनि नदिने र अविश्वासको प्रस्ताव पनि नलिने मनस्थिति बनाएका वेला देउवाले भने प्रधानमन्त्रीको राजीनामाको विकल्प नभएको बताएका हुन् ।
ओलीलाई दिएको समर्थन फिर्ता लिएकोले अब ओलीले राजीनामा दिनुको विकल्प नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएका छन् । ओलीले राजीनामा दिने हो भने थप संकट पैदा हुने भन्दै देउवाले सहज वातावरण निर्माण गर्न राजीनामा दिनुपर्ने बताए । ओलीले राजीनामा नदिए बजेट पारित पनि नहुने र ओलीले उल्टै अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने भएकोले राजीनामा दिनु ओली र एमाले दुवैलाई लाभदायक हुने चेतावनी समेत देउवाले दिए ।












