२९ असार, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिनका लागि माओवादी केन्द्रले उनलाई ३ बजेसम्मको समय दिएको छ । ओली नेतृत्वको सरकारलाई दिएको समर्थन मंगलबार फिर्तालिएको केन्द्रले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने र नदिए अविश्वासको प्रस्ताव दर्ता गराउने चेतावनी उसले दिएको हो ।
बुधबार संसद भवनबाट बाहिरिने क्रममा निवर्तमान शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले प्रधानमन्त्रीलाई राजीनामाका लागि तीन बजेसम्मको समय दिएको जानकारी संचारकर्मीहरुलाई दिए।
ओलीले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त नगरे तत्कालै अविस्वाशको प्रस्ताव दर्ता गराउने उनले बताए ।
प्रधानमन्त्रीले राजीनामा नदिए सरकारले पेस गरेको बजेट पारित गर्न समर्थन नगर्ने चेतावनी समेत माओवादीले दिएको छ ।
सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिएकाले उसले समर्थन नगर्दा बजेट पारित गर्न बहुमत पुग्दैन। माओवादीको यस्तो अत्तोले वितरणमुखी बजेट ल्याएर निर्वाचनमा बलियो बन्ने योजना बनाएको एमालेलाई अप्ठेरो परेको छ ।












