२८ असार, काठमाडौं । नयाँ गठन हुने सरकारको नेतृत्व गर्न लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई तीव्र व्यङ्ग्य गर्ने तस्वीर सामाजिक संजालमा भाइरल बनेको छ । प्रचण्डकै विभिन्न समयका तस्वीरको संयोजन गरी उनलाई उडाउने गरी संयोजन गरिएको व्यङ्ग्यात्मक तस्वीर मंगलबारबाट भाइरल बनेको हो । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिनेवित्तिकै प्रचण्डलाई उडाउने गरी उनका हाउभाउको संयोजन गरेर हाँसो उठ्दो तस्वीर सार्वजनिक भएको हो । तर यो तस्वीर सबैभन्दा पहिले सामाजिक संजालमा कसले पोष्ट गरेको हो भन्ने खुल्न सकेको छैन यद्यपि यसमा एक व्यक्तिको हस्ताक्षर समेत देखिन्छ ।
हरेक सार्वजनिक कार्यक्रम हाउभाउपूर्ण शैलीसहित प्रस्तुत हुने प्रचण्डको कलालाई उनको पार्टी सानो हुँदै गएको भनी बङ्ग्याएर प्रस्तुत गरेर क्याप्सन समेत राखिएको छ । तस्वीर आफैं बोल्छ भनेजस्तै तपाई आफैं हेर्नुहोस्- विभिन्न समयका तस्वीरको संयोजन गरी प्रचण्डको पार्टी सिद्धिएको भनी अतिरञ्जितरुपमा प्रस्तुत गरिएको भाइरल बनेको प्रचण्डको तस्वीर ।
यो तस्वीर कुन दलका कार्यकर्ताले संयोजन गरे होलान् ? प्रतिक्रिया दिन नविर्सनुहोला है ?












