२७ असार, काठमाडौं । ओम अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाको स्वास्थ्य अब दश दिनमा सामान्य अवस्थामा आउने भएको छ । यद्यपि उनी पूर्णरुपमा ठीक हुन भने त्यसपछि अझै केही समय आराम र नियमित स्वास्थ्य जाँचको आवश्यकता पर्ने चिकित्सकहरुले बताएका छन् ।
असार २२ गतेदेखि ओम अस्पतालमा भर्ना भएका सशांकको स्थास्थ्यमा उल्लेख्य सुधार भए पनि अझै १० दिन अस्पतालमै उपचार गराउनुपर्ने उनको उपचारमा संलग्न डा। लवनरसिंह जोशीले बताए। डा. कोइरलालालाई आइसियुबाट अहिले आइसियुको क्याबिनमा सारिएको छ। ‘रगतको मुख्य नसामा निमोनिया देखिएको छ’, डा. जोशीले भने, ‘अझ १० दिन उहाँ यहीँ रहनुहुन्छ।‘ स्वास्थ्य उपचार रिपोर्टमा उनको छातीमा मात्र खराबी देखिएको डा। जोशीले बताए। ‘अन्य खराबी केही देखिएको छैन। तर रगतको मुख्य नसामा निमोनिया भएको छ’, उनले भने। उनका अनुसार संक्रमण नहोस् भनेर कोइरालालाई मेडिकल टिम र परिवारका सदस्य बाहेकलाई भेट्न दिइएको छैन। ‘धेरै मानिसलाई भेट्दा उहाँलाई गाह्रो पनि भयो, संक्रमणको डर भयो’, उनले भने, ‘उहाँको परिवार र मेडिकल टिमबाहेकलाई भेट्न दिएका छैनौँ। ‘स्वास्थ्यमा हुँदैछ सुधार डा. जोशीका अनुसार कोइराला अहिले आफै खाना खान्छन्, उठेर बस्छन् र आफै बाथरुम जान्छन्। ‘अहिले उहाँ आफै बाथरुम जानुहुन्छ, खाना खानुहुन्छ र उठेर बस्नुहुन्छ’, उनले भने, ‘अब बिस्तारै केही दिनमा नै आफै हिँडडुल गर्न सक्नुहुन्छ।‘
कोइराला अहिले विस्तरामा बसेर आगन्तुकसँग कुराकानी समेत गर्न थालेका छन् ।












