२७ असार, काठमाडौं । काकतालीले एकपल्ट मन्त्री पद पड्काइसकेका नेताहरुको दल खारेज हुने क्रमले निरन्तरता पाएको छ । बहाल भएकै अवस्थामाप्रेमबहादुर सिंहको दल खारेज भैसकेपछि अब दल खारेज हुनेमा संचारमन्त्री बनेर अकुत सम्पत्ति कमाएका राजकिशोर यादवको मधेसी जनअधिकार फोरम गणतान्त्रिकदेखि मधेसी जनअधिकार फोरममा अन्य पुच्छर झुण्ड्याएका दलहरु खारेज हुन लागेका हुन् ।
राजतन्त्र र हिन्दू राज्यको वकालत गर्ने शिव सेना नेपाल पनि खारेजीको सूचीमा परेको छ ।
निर्वाचन आयोगले विभिन्न थप २० वटा दलको दर्ता खारेज गर्ने प्रक्रिया अघि बढाएको हो । लगातार तीन आर्थिक बर्षसम्म पनि पार्टीको आय(व्यय विवरण नबुझाएको भन्दै आयोगले ती दलहरुको दर्ता खारेज प्रक्रिया अघि बढाएको हो ।
आयोगले गत असार २१ गते ती दलहरुलाई पत्र लेख्दै किन कारबाही नगर्ने भनेर प्रश्न सोधेको छ ।
आयोगले ती दलहरुलाई निर्वाचन ऐन २०६३ को दफा २४ को उपदफा ९१० को खण्ड ९ख० बमोजिम कारबाही गर्न लागेको हो । उक्त व्यवस्थाअनुसार तीन बर्षसम्म प्रचलित कानुनबमोजिम आयोगलाई बुझाउनु पर्ने विवरण नबुझाएमा राजनीतिक दलको दर्ता खारेज गर्नसक्ने व्यवस्था छ ।
खारेज हुन लागेका दलहरुमध्ये ८ वटा दल पुराना र बाँकी १२ वटा दल २०७० को निर्वाचन प्रयोजनका लागि दर्ता भएका थिए ।
खारेज गर्न लागिएका दलहरुमा नेपाल रिपब्लिक पार्टी, नेपाल जनएकता पार्टी, समाजवादी जनएकता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक नागरिक पार्टी, बहुजातीय समावेसी पार्टी, नव नेपाल निर्माण पार्टी, राष्ट्रिय शिवसेना पार्टी, तराई(मधेस पहाड हिमाल एकता पार्टी, हरियाली नेपाल पार्टी, ऊँसेना नेपाल, नव जनवादी मोर्चा लगायत छन् ।
यस्तै दुई आर्थिक बर्षसम्म आयव्यय विवरण नबुझाएको भन्दै आयोगले ३७ वटा दलहरुलाई स्पष्टिकरण सोधेको छ ।
ती दलहरुमा मधेसी जनअधिकर फोरम ९गणतान्त्रिक०देखि राष्ट्रिय जनता दल नेपाल, मधेसी जनअधिकार फोरम मधेस, नेपाल युवा किसान पार्टी लगायत छन् ।












