२७ असार, राजविराज । नकावजनी चोरीको अपराध गरेको प्रमाणित भै अदालतले फैसला सुनाएका एक व्यक्ति पक्राउ परेका छन् । ११ वर्ष अगाडि कैद र जरिवाना पाएर फरार चान्देव खंग नामक अपराधीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका–२ बस्ने चान्देव खंग रहेको प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई घरमा लुकेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक गौरव महतले बताए ।
पक्राउ परेका खंगलाई जिल्ला अदालत राजविराजले नकावजनी चौरी मुद्दामा २०६२ सालमा तीन महिना कैद र रु दुई हजार ६०० जरिवाना गरेको थियो ।
उनलाई राजविराजस्थित कारगार पठाइएको प्रहरी निरीक्षक महतले जानकारी दिए।














