२६ असार, काठमाडौं । दल दर्ताका लागि कार्यकर्ताको हस्ताक्षर संख्या नपुगेपछि रंगशालामा कार्यक्रम गरेर हस्ताक्षर पुर्याएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आज बल्ल दल दर्ताको आवेदन दिएका छन् । दल दर्ताका लागि १० हजारको हस्ताक्षर पुर्याएर भट्टराईले आइतबार निर्वाचन आयोगमा दल दर्ताको निवदेन दिएका हुन् ।
नेता तथा कार्यकताहरुसहित आयोग पुगेका भट्टराईले नयाँ शक्ति नेपाल नामक दलदर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए ।
बबरमहलस्थित पार्टी कार्यालयमा भेला भएका नेता तथा कार्यकर्ताहरु बहादुर भवनस्थित आयोगको कार्यालय पुगेर आवश्यक कागजपत्रको फाइल बुझाएका थिए ।












