२५ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझका लागि बोलाएको सत्तारुढ दलहरुको बैठक स्थगित भएको छ । ओलीले संसद भवनमा ताली माग्दै भाषण गर्दैगर्दा ढिलो भएपछि सत्तारुढ दलको बैठक स्थगित भएको हो । व्यवस्थापिका–संसद्को बैठक लम्बिएका कारण आज बस्ने भनिएको सत्तारुढ दलको बैठक स्थगित भएको छ ।
विनियोजन विधेयकबारे छलफल लम्बिएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिएका छन् ।
सत्ता साझेदार प्रमुख घटक नेकपा ९माओवादी केन्द्र०ले राष्ट्रिय सहमतिको सरकार गठनको गठन गर्न ओलीले बाटो छाडीदिन आग्रह गरेपछि राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले आज साँझ ६ बजेका लागि बैठक डाकेका थिए ।
आइतबार साँझ ६ बजे बस्ने गरी शनिबारको बैठक स्थगित भएको हो ।












