२५ असार काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकार छाड्ने लगभग निश्चित भएपछि प्रधानमन्त्री केपी ओलीले अन्य सत्ता साझेदार दलहरुसँग परामर्श गर्दै छन् । ओलीले छलफलका लागि आज साँझ सत्तारुढ दलहरुको बैठक बोलाएका हुन् ।
ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच हिजोदेखि वारम्वार वार्ता भए पनि प्रचण्डले आफ्नो अडान नछाड्दा ओली अप्ठेरोमा परेका हुन् । मंसिरमा स्थानीय निर्वाचनमा मिलेर चुनाव लड्ने प्रस्ताव राख्दा समेत प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठनको अडान नछाड्दा ओलीले आफ्नो अर्को तयारी थालेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने बताए पनि कांग्रेस र मधेसकेन्द्रित दलले ओलीको नमान्ने भएपछि प्रचण्डले उनलाई बाटो खुल्ला गरिदिन आग्रह गरेको विशेष स्रोतले बताएको छ ।
कांग्रेस र मधेसकेन्द्रित दलको साथविना संविधान कार्यान्वयन गर्न जटील भएको भन्दै भद्र सहमतिअनुसार आफूलाई सत्ता हस्तान्तरण गरिदिए असन्तुष्ट दललाई पनि आफूले मिलाएर लग्ने प्रचण्डले ओलीलाई बताएका थिए ।












