२५ असार, नयाँ दिल्ली । संसदको विकास समितिका सभापतिसहित केही सदस्यहरु यतिवेला भारत भ्रमणमा रहेका छन् । विकासको मोडेल अध्ययन गर्नका लागि भन्दै भारतको गुजरात पुगेको विकास समितिको टोली शुक्रबार नयाँ दिल्ली पुगेको छ ।
नयाँ दिल्लीमा पुगेर त्यहाँको संसद भवनको अवलोकन गर्नुका साथै विभिन्न भेटघाट समेत गरेको छ । अन्तर्राष्ट्रिय सहयोग परिषद् भारतले नेपालको संसदीय टोलीलाई दिल्लीमा स्वागत गरेको थियो ।
संसद भवनमा भारतीय विदेशमन्त्री शुष्मा स्वाराजसँग भेटवार्ता भएको टोलीमा सहभागी सांसद वैजनाथ चौधरीले दिए । टोलीमा विकास समितिका सभापति रविन्द्र अधिकारी, सदस्यहरु महेन्द्र यादव, वैजनाथ चौधरीलगायत सहभागी थिए ।













