२३ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ । उनको स्वास्थ्यमा सुधार भएको भन्दै चिकित्सकहरुले भेन्टिलेटरबाट बाहिर निकालेका हुन् । आइसियू कक्षमा राखेर उनको उपचार जारी छ ।
मंगलबारदेखि स्वास्थ्यमा समस्या आएपछि डा. कोइरालालाई चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको छ । उनको उपचारमा पत्नी सुपात्रासहित १५ जनाको टोली खटिएको छ ।
श्वासप्रश्वासमा सामान्य अवस्था आएको भन्दै कोइरालालाई भेन्टिलेटरबाट निकालिएको हो । स्वास्थ्यबारे अन्य प्रगति भने सार्वजनिक गरिएको छैन ।












