२३ असार, काठमाडौं । विहीबार तीन घण्टाको अन्तरालमा ४ रेक्टर स्केलमाथिका दुई भूकम्प गएका छन् । जिल्लाका फरकफरक स्थानमा दुई परकम्प गएका छन् ।
साँझ ५ बजेर ३८ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको थाङ्पालधाप र थाङ्पालकोट गाविसका बीच बच्छलादेवी केन्द्रबिन्दु भई ४.४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत वर्ष वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि हालसम्म ४ रेक्टर स्केल वा त्यसमाथिका ४६५ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
यसअघि लमजुङको भुलभुले आसपास केन्द्रविन्दू बनाएर आज अपराह्न २ बजेर ४४ मिनेट जाँदा ४.३ रेक्टर स्केलको परकम्प गएको थियो । परकम्पबाट तनहुँको दमौली आसपासका क्षेत्रमा पनि धक्का महसुस गरिएको थियो ।












