२० असार, नेपालगंज । शनिबार दिउँसो १२ बजेतिर अपहरणमा परेका एक बालकको सकुशल उद्दार गरिएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट अपहरणमा परेका बालकको भारत लैजाँदै गरेको अवस्थामा बसपार्कबाट उद्धार गरिएको हो । बालकसहित अपहरणकारीलाई पक्राउ गरिएकोे ईलाका प्रहरी कार्यालय कोहलपपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए । तुलसीपुर नगरपालिका ९ का ६ वर्षीय बालक सृजन ओलीसँगै अपहरणकारी बाँके महादेवपुरी ४ गुरुवा गाउँका २९ वर्षीय अमर खड्कालाई पक्राउ गरिएको हो । डिएसपी काफ्लेका अनुसार अपहरणकारी खड्का भारतको गोवा बस्दै आएको र बच्चालाई ललाईफकाई गरी भारतमा लग्ने क्रममा पक्राउ गरिएको हो ।
तुलसीपुरबाट सुत्केरी हुन सृजनकी आमा नेपालगंज आएकी थिइन् । र, आमाको साथमा आएका सृजनलाई गएरातिदेखि नै मेडिकल कलेजमा विभिन्न लोभ देखाएर खडकाले अपहरण गरेको डिएसपी काफ्लेले बताए ।
बच्चा अपहरणमा परेपछि दश विगाह मेडिकल कलेज क्षेत्र तनाव ग्रस्त बनेको थियो । पक्राउm परेका अपहरणकारीको थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले बताए।














