१८ असार, काठमाडौं । लोकसेवा लडेर सरकारी जागिर खान चाहनेहरुका लागि खुशीको खबर छ । किनभने सरकारले २३ हजार रिक्त पदमा नियुक्तिका लागि तयारी गरेको छ । देशभर रिक्त रहेका २३ हजार पदमा एकैपल्ट विज्ञापन खुलाउने तयारी लोकसेवाले गरेको हो । निजामति सेवामा हालै मात्र १ हजारभन्दा बढी दरबन्दी समेत बढाइएको छ ।
सामान्य प्रशासन मन्त्रालयले गरेको संगठन व्यवस्थापन सर्वेक्षणले विद्यमान दरबन्दी अपुग भएको निश्कर्ष निकाल्दै एक हजार १ सय ४१ नयाँ दरबन्दी सिर्जना गरेको हो ।
नयाँ दरबन्दी थप भएपछि निजामति सेवामा एक लाख तीन हजार दरबन्दी कायम भएको किताबखानाका शाखा अधिकृत कृष्णमणि फुयाँलले जानकारी दिए ।
हाल निजामति सेवामा ८० हजार मात्रै कर्मचारी कार्यरत छन् भने बाँकी पद रिक्त छन् ।












