१७ असार, काठमाडौं । नाकाबन्दी लगाएर नेपाली जनतालाई रुवाएको भारत विश्वभर बदनाम भएपछि यतिवेला नेपालसँग सम्बन्ध सुधारका लागि चौतर्फी रुपले कोसिस गरिरहेको छ । हुँदाहुँदा नेपालकी राष्ट्रपतिले भारत भ्रमण रद्द गरेर बसे पनि भारतीय राष्ट्रपति नेपालको निम्तो कुरेर बसेको खुलासा भएको छ ।

भारतीय विदेश मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार भेटमा सो मन्त्रालयका प्रवक्ता विकास स्वरुपले राष्ट्रपति प्रणव मुखर्जीले नेपालको प्रस्ताव कुरेर बसेको संकेत गरे ।
मन्त्रालयमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मुखर्जीको नेपाल भ्रमणबारे सोधिएको थियो । जवाफमा स्वरुपले भने, ‘भ्रमणका लागि प्रस्ताव आयो भने हामी सकारात्मक छौं ।’ उनको यो जवाफले भारत यतिवेला नेपालको निम्तो कुरेर बसेको स्पष्ट देखिन्थ्यो ।
नेपालमा सरकार परिवर्तन हुँदा पनि आफ्नो स्थान सुरक्षित राखिदिन भन्दै केही समय पहिले दिल्ली पुगेका परराष्ट्रमन्त्री कमल थापासँग विदेशमन्त्री सुष्मा स्वराजले नेपालकी राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण रद्द भएको बारे जिज्ञासा राखेकी थिइन् । जवाफमा थापाले दुई देशका राष्ट्रपतिको भ्रमणबारे कुराकानी गर्दै भारतीय राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न आफूहरुले चाहेकोछलफल भएको थियो ।
झण्डै अठार वर्षपछि भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण गरेको इतिहास छ । र, यो इतिहास रच्ने तिनै नरेन्द्र मोदी हुन् तर तिनैका कारण नेपाल भारत सम्बन्ध अकल्पनीय रुपले विग्रिएकोले उनी यतिवेला नेपालका राष्ट्रपतिले भ्रमण नगरे पनि आफ्नो देशका राष्ट्रपति पठाउन आतुर छन् ।











