१६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संविधानको कार्यान्वयनमा उदासिन बनेको आरोप लगाएका छन् ।
कांग्रेसका नेता तथा कार्यकर्ताहरुको कार्यक्रममा पुगेर संविधान ओलीले कांग्रेसले विस्तारै बाटो बिराएको र आफ्नो नेतृत्वमा जारी भएको संविधानको कार्यान्वयनप्रति नै उदासिनता देखाएको आरोप लगाएका हुन् । जिपी कोइराला फाउण्डेशनले विहीवार काठमाडौमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले गिरिजाप्रसादको असाधारण योगदानले बनेको पार्टी कांग्रेसले नै अहिले गिरिजाप्रसादको योगदानलाई भुलेको आरोप दावी गरे ।
सरकारको आलोचनामा समय खर्च गर्नुको साटो कांग्रेसले लोककथाबाट पाठ सिक्न ओलीले आग्रह गरे । बाउलाई ओडारमा छोडेपछि बच्चाले डोको त लिएरै जानुपर्ला बा भनेको सम्झिएर आफ्नो नेतृत्वमा जारी भएको संविधानको कार्यान्वयनमा केन्द्रित हुन कांग्रेसलाई ओलीले सुझाव दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले संविधानमा गरिएको व्यवस्था अनुसार अबको डेढ वर्षभित्र स्थानीय र प्रदेश तह तथा संघीय संसद्को निर्वाचन हुन नसके मुलुक २०४६ साल अगाडिको अवस्थामा फर्किने खतरा रहेको दावी गरे । संविधानलाई ख्यालठट्टाको रुपमा नलिन आन्दोलनरत मधेसकेन्द्रित दलहरुलाई पौडेलले आग्रह गरे ।












