१६ असार, काठमाडौं । अफगानिस्तानमा नेपाली कामदार पठाउनेलाई फाँसीको सजायँ दिनुपर्ने माग व्यवस्थापिका संसदमा उठेको छ । नेमकिपाकी सांसद अनुराधा थापामगरले अफगानिस्ताको काबुलमा भएको विष्फोटनमा ज्यान गुमाएका नेपाली कामदार पठाउने सम्बन्धित म्यानपावर कम्पनीका संचालकविरुद्ध ज्यान मुद्दा चलाउन माग गरेकी छन्।
संसदको शून्य समयमा बोल्दै थापामगरले भनिन्, ‘नेपाली युवा, महिलालाई विदेशमा रोजगारीका नाममा बेचविखन गर्ने काम गरेको भन्दै तत्काल संविधानमा संशोधन गरी उनीहरुविरुद्ध ज्यान मुद्दामा फासीको व्यवस्था गर्नुपर्ने बताइन्।
प्रधानमन्त्रीले संसदमा बोल्ने क्रममा व्यक्त गरेको श्रद्धान्जली प्रति लक्षित गर्दै भनिन् ‘एकातिर वैदेशिक रोजगारीका नाममा विदेश पठाउने र अर्को तर्फ शोक व्यक्त गर्नु दोहोरो मापदण्ड भएको भन्दै यस्तो गतिविधि अन्त्य गर्न माग गरिन्।












