१३ असार । फुटबलका जादुगर लियोनल मेसीले खेलजीवनबाट रुँदै सन्यास लिएपछि उनका प्रशंकहरुलाई चोट परेको छ । कोपा अमेरिका कपको फाइनलमा हार व्यहोर्दा मेसीलाई साह्रै पीडा भएकोले उनले सन्यासको घोषणा गरेका थिए । तर यतिवेला विश्वकै उत्कृष्ट फुटबल स्टाइकर मेसीलाई अझै फुटबल खेलेको हेर्न चाहने प्रशंकहरु उनको सन्यास फिर्ता लिन आग्रह गर्दै दवावमा लागेका छन् ।
मेसीले खेल सकिएपछि सन्यासको निर्णय आफू स्वयंले गरेको पनि आफ्नो सन्यासको प्रतीक्षामा बसेका व्यक्तिहरुका लागि समेत भएको बताएका थिए । तर प्रशंसकहरुको दवावपछि मेसीले सन्यास फिर्ता लिने हुन् या नलिने हुन् भन्ने कुरा प्रतीक्षाको विषयमा बनेको छ । त्यस्तै उनका आलोचकहरुलाई समेत प्रशंसकहरुको दवावले कति काम गर्ला भन्ने पनि हेर्न बाँकी नै छ ।
मेसीको प्रशंसक तथा विश्वका चर्चित मिडियाहरुले पनि मेसीलाई दवाव सिर्जना गर्ने गरी हस्ताक्षर संकलन थालेका छन् । चेन्चडटओआरजी नामक वेभ साइटले पनि मेसीलाई सन्यास फिर्ता लिन भन्दै प्रशंसकहरुको हस्ताक्षर संकलन सुरु गरेको छ ।












