१० असार, काठमाडौं । हाम्रा सांसदहरु आफ्नै संस्कृति विकासको कुरा गर्छन् । हाम्रै चलचित्र उद्योगको विस्तार र विकासको कुरा गर्छन् । तर हाम्रा कलाकारलाई अन्तर्राष्ट्रिय बनाउन पहल गदैनन् । बरु हलिउडका हिरोइन भनेपछि हुरुक्कै हुन्छन् ।
त्यसको एउटा उदारहण हो हलिउड स्टार मिसेल युले प्रति हाम्रा सांसद र संसदको प्राथमिकता । नेपाल आएकी मिसेललाई शुक्रबार सभामुख ओनसरी घर्ती र विभिन्न दलका सांसदहरुले प्राथमिकताका साथ भेट गरेका छन् । मिसेलले महाभूकम्पले नेपाललाई परेको कठिनाइको सन्दर्भ राख्दै राष्ट्र संघीय विकास कार्यक्रम ९यूनडिपी०मार्फत जारी सहयोगबारे सांसदहरुलाई प्रशिक्षण दिइन् । उनको चासो प्रशंसनीय छ तर हाम्रो देशमा आएको भूकम्पको कठिनाइको प्रशिक्षण हलिउड हिरोइनबाट लिनुपर्ने यो हाम्रो कस्तो मनोदशा ? हाम्रा सांसदका कारण हामी निरीह बन्नुपर्ने ?

युनएनडिपीको सद्भावना राजदूत समेत रहेकी मिसेल दिगो विकास लक्ष्यसम्बन्धी कार्यक्रममा सहभागी हुन बुधवार नेपाल आएकी हुन् । गत वैशाख १२ को महाभूकम्पमा आफू नेपालमै भएको र त्यही दिन आफूले नेपाल छाड्नुपरेको प्रसङ्ग समेत उनले सुनाइन् ।
सभामुख घर्तीसँगको भेटमा उनले भूकम्पपछि पुननिर्माण, दिगो विकास लक्ष्य कार्यान्वयनका अवस्थाबारे बुझेकी थिइन् ।
नयाँ बानेश्वरस्थित व्यवस्थापिका(संसदको शंकर हलमा आयोजित भेटघाटमा विभिन्न दलका सांसदले उक्त कार्यक्रमबारे धारणा राखेका थिए । कांग्रेस युवा नेता एवं संसदको कृषि तथा जलश्रोत समितिका सभापति गगन थापाले राष्ट्र संघले तय गरेका विकासका कार्यक्रमहरु पूरा गर्न चुनौती भएको बताएका थिए ।
भूकम्प आएकै दिन नेपाल छाडेर भागेकी मिसेलले हामीलाई उपदेश दिन आउने र त्यही उपदेश हाम्रा सांसदले सुन्नुपर्ने ? जनताको प्रश्न छ ।











