७ असार, काठमाडौं । पार्टीभित्र सधैं गुटबन्दी गरेको भन्दै हरेक बैठकमा आलोचित हुने एमाले अध्यक्ष केपी ओलीले विहीबारको स्थायी कमिटीको बैठकमा भने प्रशंसा पाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अफगानिस्तान घटनामा सरकारले देखाएको सक्रिताका कारण बैठकमा ओलीको प्रशंसा भएको हो ।
काबुल घटनामा जीवन गुमाएका नेपाली नागरिकहरुको शव ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाउने र त्यस घटनाका बारेमा जिम्मेवारपूर्ण ढंगले कुटनीतिक पहल गरेकोमा बैठकले नेपाल सरकारको प्रशंसा गरेको एमालेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

एमाले बैठकले आप्रवासी कामदारहरुको सेवा र जीवनको सुरक्षाका लागि आवश्यक प्रवन्ध गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
राजनीतिक र संगठनात्मक छलफलका लागि डाकिएको बैठक केवल ओलीको प्रशंसा गरेर मात्र सकिनुलाई अनौठो मानिएको छ ।











