९ असार, काठमाडौं । रंगशालामा पार्टी घोषणा गर्दा कुनै दलका कार्यकर्ता नचोर्ने बताएका नयाँ शक्ति नेपालका अध्यक्ष बाबुराम भट्टराईले अरु दलका कार्यकर्तालाई दलमा भित्र्याउन थालेका छन् । भट्टराईले पहिलो झट्का सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई दिंदै सो दलका उपाध्यक्ष तथा पूर्व सभासद शिवचन्द्र कुशवाहालाई आफ्नो दलका भित्र्याएका छन् । कुशवाहसहित तीन दर्जन धेरै नेता तथा कार्यकर्तालाई भट्टराईले विहीबार पार्टीमा भित्र्याएका हुन् । विहीबार भित्र्याइएका व्यक्तिहरुमा माओवादी केन्द्रका कार्यकर्ता समेत रहेको सो दलले जनाएको छ ।
कार्यक्रममा बोल्दै संयोजक भट्टराईले नयाँ शक्ति कुनै पुरानो पार्टीको परिमार्जित रुप नभई यो जगैदेखिको एकता भएको दावी गरे ।
यसैबीच नयाँ शक्ति नेपालल पार्टी स्थापनाको राष्ट्रिय भेला सम्पन्न गरेपछिको पहिलो केन्द्रीय परिषद सचिवालय बैठक बोलाएको छ ।
पार्टीका प्रवक्ता खिमलाल देवकोटाका अनुसार असार १० गते शुक्रबार दिनको १२ बजेका लागि बोलाइएको बैठकले पहिलो राष्ट्रिय भेलाको समिक्षा गर्नेछ ।












