८ असार, काठमाडौं । अफगानस्तिानको काबुलमा सोमबार भएको आत्माघाती बम आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शव नेपाल ल्याइएको छ । नेपाल वायु सेवा निगम विमानमार्फत अपरान्ह साढे दुई बजे मृतकको शव काठमाडौंको त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल पुगेर १२ युवाको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएका छन् । श्रद्धाञ्जलि दिँदै प्रधानमन्त्री ओलीले तालिवानीसँग नेपालीको कुनै रिसिवी नहुँदानहुँदै पनि हत्या गर्नु कायरतापूर्ण र निन्दनीय कार्य भएको प्रतिक्रिया दिएका छन् ।
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा गृहमन्त्री शक्ति बस्नेत र श्रम मन्त्री दीपक बोहोरासहित विशिष्ट व्यक्तिहरू त्रिभुवन विमानस्थलमा पुगेका थिए ।
विमानस्थलमा मृतकका आफन्त तथा शुभेच्छुकहरुको समेत भिड लागेको थियो ।
तालिवानी आतंककारीको आक्रमणमा मारिएका १२ युवा कार्यरत कम्पनीकै २४ युवालाई पनि उद्धार गरी ल्याइएको छ ।












