६ असार, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विष्फोटमा परी १४ नेपालीको मृत्यु भएको छ । तालिवानी आतंकवादीले गरेको आत्मघाती बम विस्फोटमा परी १४ जना नेपालीको मृत्यु भएको अफगानी गृहमन्त्रालयले जनाएको छ ।
तालिबान आतंकवादीले नेपाली सुरक्षा गार्ड सवार रहेको मिनिबसमा बिहान सोमबार विहान ५स्४० बजे आत्मघाती हमला गरेका थिए ।
काबुलका प्रहरी प्रमुख अब्दुल रहमानका अनुसार नीजि सुरक्षा गार्डको आवासको गेटमै आतंकवादीले गार्ड चढेको गाडीमा विष्फोट गराएका थिए। विष्फोटमा परी अन्य सर्वसाधारण पनि घाइते भएका छन् ।
क्यानेडियन दुतावासलाई सुरक्षा प्रदान गर्ने नेपालीहरुको मृत्यु भएको जनाइएको छ ।
विष्फोटको जिम्मा तालिवानले लिएको छ ।
हेर्नुहोस् भिडियो समाचार पनि :












