२ असार, काठमाडौं । नेपाली कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै दलका सभापति शेरबहादुर देउवा असफल हुँदै गएको आरोप लगाएका छन् ।
बुधबार हेटौंडामा पार्तीको मकवानपुर तीन नम्बर क्षेत्रस्तरीय कार्यकर्ता प्रशिक्षणमा बौल्द्यै उनले पार्टीको नेतृत्व लिनु मात्र ठूलो कुरा नभएको बताए ।
जनतामा पार्टी नेतृत्व स्थापित हुन नसकेको आरोप लगाउादै पौडेलले भने,’ कर्मचारीको निर्वाचनमा हार व्यहोर्नुपर्यो, अब आने निर्वाचनहरुका लागि पनि यो राम्रो संकेत होइन ।’
सिद्धान्तले जित्दै गए पनि कांग्रेसले भने जित्न नसकेको उनको भनाइ छ । ‘कांग्रेस पहिलो पार्टी भएपनि दोस्रो संविधानसभा निर्वाचनमा भोट हाल्ने जनता जम्म ३४ प्रतिशत मात्र थिए’ पौडेलले प्रश्न गरे ‘ के अरु जनताले प्रजातन्त्र स्वीकार गरेका छैनन ?’












